अमेरिकाका ३२ प्रतिशत बालबालिकामा फेरि कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७८, बिहीबार

नेपालगन्जः कोराना महामारीबीच बन्द रहेको विद्यालय सञ्चालनमा आएपछि अमेरिकामा ३२ प्रतिशत बालबालिका पुनः संक्रमित भएका छन् । अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सको रिपोर्ट अनुसार अमेरिकामा पछिल्लो साता एक तिहाइ बालबालिका संक्रमित भएका छन् ।

यही ११ देखि १८ नोभेम्बरसम्मको तथ्याङ्कअनुसार १ लाख ४१ हजार ९ सय ५ बालबालिका कोरोना संक्रमित भएका छन् । अमेरिकामा बालबालिकाको संख्या २२ प्रतिशत रहेकोमा ६८ लाख बालबालिका संक्रमित भइसकेका छन् ।

यद्यपि संक्रमणको दर भन्दा मृत्युदर भने न्यून रहेको तथ्याङ्कले देखाएको छ । संक्रमण बढ्न थालेपछि अभिभावकहरूले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् । यसैबीच कोरोना संक्रमित अधिकांश बालबालिकामा इन्फुल्एन्जा, मेनेन्जाइटिस, दादुरा, र हेपेटाएटिसको खोप धमाधम लगाउन थालिएको छ ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech