थप दुईजनामा कोभिड संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४० नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३३ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा ७ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आज संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५६ पुगेको छ । यस्तै आज ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९८ पुगेको छ ।

 

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech