पिसिएल नर्सिङ अध्यापनका लागि बाँकेका दुई कलेजले पाए अनुमति

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७८, बुधबार

नेपालगन्जः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि बाँकेका दुईवटा कलेजलाई अनुमति दिएको छ। देशभर ४५ वटा कलेजलाई अनुमति दिएको परिषदले बाँकेका दुईवटा कलेजलाई पनि प्रमाणपत्र तह नर्सिङका लागि अनुमति दिएको हो ।

नेपालगन्जको वेष्टर्न हस्पिटल एण्ड रिर्सच सेन्टर र नेपालगन्ज नर्सिङ क्याम्पस कोहलपुरले अनुमति पाएका हुन् । सिटिइभिटीले यी कलेजहरुलाई विद्यार्थी भर्नाका लागि ४० सिट समेत तोकेको छ।

विद्यार्थी भर्नाका लागि सिट र कलेजलाई अनुमति दिएसँगै सिटिइभिटीले विद्यार्थी भर्न खुला गरेको छ। सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ।

सिटिइभिटीले पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र सिटिइभिटीमा आवेदन दिन भनेको छ।

सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ। यी सबै कलेजमा गरी सिटिइभिटीले १७०० सिट छुट्याएको छ।

 

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech