कोभिड महामारीमा माधवी शाहको योगदान, नेसनल हिरो अवार्डबाट सम्मानित

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७८, बुधबार

नेपालगन्जः नेपालगन्जकी माधवी शाह नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित हुनुभएको छ ।

नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले कोभिड–१९ महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी विभिन्न तवरबाट सामाजिक कार्य गर्ने व्यक्तिहरुलाई सम्मान गर्नेक्रममा शाहलाई पनि सम्मानित गरेको हो ।

दुवईमा भव्य अयोजित अवार्ड शोमा ६ हजार आवेदक मध्येबाट एशोसिएसनले शाहलाई पनि छनौट गरेको हो । एशोसिएसनका अध्यक्ष आर के सुवेदीले नेपालमै छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सम्मानित व्यक्तिहरुलाई अवार्ड वितरण गरिने छ ।

शिक्षण पेशामा आवद्ध भएपनि शाहले कोरोना महामारीमा प्लाज्मा संकलनमा उल्लेखनिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले भेरी अस्पतालका चिकित्सकहरुसँग समन्वय र सहकार्य गरेर प्लाज्मा संकलनमा अहोरात्र खटिएर कोभिड संक्रमित बिरामीको उपचारमा सघाउनु भएको थियो ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech