बालबालिकालाई निमोनियाबाट यसरी सकिन्छ जोगाउन

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७८, बुधबार

निमोनिया रोग ५ वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण हो । निमोनियाले विश्वमा वार्षिक १६ लाखभन्दा बढी बालबालिकाको मृत्यु गराउँछ । नेपालमा वर्सेनि करिब ५ हजार ६ सयको मृत्यु निमोनियाबाट हुने गरेको तथ्यांक छ ।

श्वास–प्रश्वास प्रणालीको माथिल्लो भागको संक्रमण रुघाखोकी भनिन्छ । यसको तल्लो भाग अर्थात् फोक्सोको संक्रमण निमोनिया हो । ‘स्ट्रेप्टोकोकल निमोनी’ निमोनिया गराउने प्रमुख व्याक्टेरिया हो । एडेनोभाइरस, राइनोभाइरस, एन्फ्लुएन्जा, पाराइन्फ्लुएन्जा निमोनिया गराउने अरू भाइरसहरू हुन् । ६५ वर्षभन्दा माथिका, दुई वर्ष मुनिका, धूम्रपान–मद्यपान गर्ने, वायु वा रासायनिक प्रदूषणबाट ग्रसित अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरु निमोनियाको उच्च जोखिममा हुन्छन् ।

बालबालिकाले रुघाखोकी लाग्दा छिटो–छिटो सास फेर्ने, घ्यार–घ्यार गर्ने, मुख, हातखुट्टा नीलो हुने, दूध नचुस्ने, बान्ता गर्ने, धेरै ज्वरो आउने, खकार आउने, शिथिल हुने भयो भने बच्चालाई निमोनिया भएको हुनसक्छ ।

निमोनियाको मुख्य लक्षण :

  • ज्वरो आउनु ,खोकी लाग्नु ।
  • श्वासप्रश्वास दर बढ्नु, श्वास फेर्न कठिन हुनु ।
  • छाती दुख्नु ,श्वास फेर्दा घ्यार घ्यार हुनु ।
  • बच्चाले आमाको दुध चुस्न खानेकुरा खान नसक्नु ।
  • कोखामा हान्ने (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)

निमोनिया दुई प्रकारका हुन्छन्

– लोबर निमोनिया र ब्रोन्काइल निमोनिया ।

लोबर निमोनिया फोक्सोको एक अथवा धेरै भागलाई प्रभावित गर्छ ।

– ब्रोन्काइल निमोनियाले फोक्सो दुवै भागलाई प्रभावित गर्छ ।

बालबालिकाहरुमा निमोनियाको समस्या धेरै देखिन्छ ।

बालबालिकामा हल्का निमोनिया
माइकोप्लाज्मा निमोनी र क्ल्यामिडोफिला निमोनी जस्ता ब्याक्टेरियाका कारण निमोनिया हुँदा विशेष गरेर बालबालिकामा निमोनियाको हल्का लक्षण देखिन्छ ।

यसलाई वाकिङ निमोनिया पनि भनिन्छ ।

यसमा बालबालिकाले धेरै विरामी भएको महसुस गर्दैनन् तर सुख्खा खोकि, हल्का ज्वरो, टाउको दुख्ने र थकान जस्ता लक्षणहरु देखिन्छन् ।

बालबालिकाको निमोनियाको मध्यम लक्षण
निमोनिया उत्पन्न गराउने भाइरसले विषेश गरेर चार देखि ६ वर्ष उमेरका बालबालिकालाई प्रभावित गर्छ ।

घाँटि खस्खसाउनु, खोकि लाग्नु, हल्का ज्वरो, नाकमा सिँगान जम्नु, भोक कम लाग्नु र थकान अथवा कमजोर महसुस हुनु यसका लक्षणहरु हुन् ।

बालबालिकामा निमोनियाको गम्भिर लक्षण
बालबालिकामा ब्याक्टेरियल निमोनिया हुनु अति नै सामान्य कुरा हो ।

प्रायः यस प्रकारको निमोनिया रुघाखोकि र भाइरस भन्दा धेरै खतरा हुन्छ ।

यसको लक्षणहरु बुझ्न पनि कठिन हुन्छ ।

यसको लक्षण धेरै ज्वरो आउनु, पसीना आउनु अथवा जाडो भएको महसुस हुनु हो ।

नङ र ओठ निलो हुनु, छाति भारी भएको महसुस हुनु र सास फेर्न समस्या हुनु ।

निमोनियाको उपचार
निमोनियाको प्रकारको आधारमा उपचार प्रक्रियको छनौट गरिन्छ ।

जस्तै यदि तपाईँको बालबालिकामा निमोनिया भएको थाहा भयो भने तुरुन्त डाक्टरसंग जाँच गराउनु पर्छ ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech