डेलिभरीपछि तौल कसरी घटाउने ?

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७८, बुधबार

बच्चा जन्माएपछि आमाको पाचन प्रक्रियामा प्रभाव पर्न जान्छ । महिलाले गर्भावस्थादेखि डेलिभरीको समयसम्म विभिन्न समस्याको सिकार बन्नुपर्ने हुन्छ । प्रेग्नेन्सी र डेलिभरीपछि प्रायः महिला मोटाउने गर्छन् । त्यसैले डेलिभरीपछि तौल कम गर्न निकै गाह्रो हुन सक्छ ।

यसरी तौल मेन्टेन गर्न सक्नुहुन्छ 

डेलिभरीपछि महिलाको जिम्मेवारी बढ्दै जान्छ । यसबाट बच्नका लागि आमाले आफ्ना लागि डेली रुटिन बनाउन जरुरी हुन्छ । यस्तो रुटिन बनाउँदा डाइट र एक्सरसाइजका लागि पनि विशेष समय छुट्याउन आवश्यक हुन्छ ।

प्रेग्नेन्सी र डेलिभरीपछि महिलामा फ्याट र कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ । त्यसैले नियमित स्तनपान गराउँदा शरीरको मेटाबोलिजम पहिलेकै अवस्थामा आउन सहयोग मिल्छ र फ्याटको मात्रा पनि कम
हुँदै जान्छ ।

मानिसलाई लाग्छ कि प्रेग्नेन्सीका वेला दुईजनाका लागि खानुपर्छ । जुन गलत हो । यत्ति हो कि यस्तो वेला शरीरलाई अलि बढी क्यालोरीको आवश्यकता हुन्छ । यस्तो समय जे खानुस् तर स्वस्थ खानुस् । जंकफुडबाट टाढै रहनुस् । मोनो र पोलिसेचुरेटेड फ्याट शरीरका लागि निकै राम्रो हुन्छ ।

जो बच्चालाई छाडेर बाहिर जान सक्दैनन्, उनीहरूले घरमा एकै ठाउँमा बसेर पनि एक्सरसाइज गर्न सक्छन् । त्यसका लागि जगिङको सहारा लिन सकिन्छ ।

डेलिभरी भएका महिलाले आफ्नो डेली रुटिनमा तातो पानी पिउने समय पनि राख्न जरुरी हुन्छ । तातो पानी पिउँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् । यसले हाम्रो शरीरको तापक्रम र मेटाबोलिज्मको मात्रालाई पनि बढाउने काम गर्छ ।

प्राणायामजस्ता योगासनले छोटो समयमा तौल कम गर्न सहयोग पु(याउँछ । यसलाई सामान्य योगबाट सुरु गर्नुहोस् ।

डेलिभरीपछि स्विमिङ पुलमा तैरिँदा तपाईंको तौल घटाउन पनि सहयोग पु(याउँछ । यसो गर्दा मंसपेशीमा निकै प्रभाव पार्छ र तौल कम गर्न सहयोग पुग्छ । तर, सिजेरियन डेलिभरी गरेका महिलाले भने स्विमिङ गर्नुअघि डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech