काठमाडौं: काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।
सबै वडा कार्यालयमा रहेका खोप केन्द्रबाट पहिलो र दोस्रो मात्राको खोप लगाईने बताईएको छ । यसअघि हिजो पनि खोप लगाईएको थियो ।
ती खोप केन्द्रहरुमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो तथा दोस्रो डोज खोप लगाइने महागरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।