४५ वटा कलेजले पिसिएल नर्सिङ अध्यापनको अनुमति पाए

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७८, मंगलवार

काठमाडौंः पिसिएल नर्सिङ अध्यापनका लागि ४५ वटा नर्सिङ क्याम्पसले अनुमति पाउने भएका छन्। योसँगै अव १६ सय विद्यार्थी भर्ना हुने छन् । निजी ४१, आफ्नै २ वटा र साझेदारीमा चलेका २ वटा गरेर ४५ वटा नर्सिङ कलेजले भर्नाका लागि अनुमति पाउने भएका छन् ।

सिटिइभिटीले ती ४५ वटा कलेजको नाम भने अझै सार्वजनिक गरेको छैन।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले १०० बेडको अस्पताल भएका ४५ वटा नर्सिङ कलेजहरुमा पिसिएल नर्सिङको अध्ययनका लागि भर्ना खुलाउन लागेको हो।

सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाउने भएको जानकारी दिनुभयो ।

आंगिक र साझेदारी बाहेकका ४१ वटा निजी नर्सिङ कलेजसँग चिकित्सा शिक्षा आयोगको ऐनमा उल्लेख भएअनुसार आफ्नै १०० बेड वा सो भन्दा माथि बेड भएको अस्पताल छन्।

 

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech