चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७८, मंगलवार

काठमाडौं: मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि व्यवस्था मिलाएको छ ।

उक्त सेवा वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोमा उपलब्ध हुने जनाईएको छ । मिदासले अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरेको छ ।

मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्ता, अन्य सरकारी तथा निजी अस्पतालमा समेत यस्तो व्यवस्था मिलाएको हो। बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झट नहुने भएको छ।

यी सेवा लिनका लागि सम्बन्धित अस्तालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेभ मेरो डक्टर डट कम मार्फत पनि उल्लेखित अस्पतालका अनलाइनमा ओ.पि.डी. टिकट सेवा दिइरहेको छ।

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech