नौ सय जनाको आँखा परीक्षण

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७८, मंगलवार

बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा निःशुल्क आँखा परीक्षण गरिएको छ।  त्यहा नौ सय जनाको आँखा परीक्षण गरिएको हो।

शिविर बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको थियो । निःशुल्क आँखा परीक्षण शिविर कास्कीको पोखरा महानगरपालिका–१ शङ्करटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले सञ्चालन गरेको हो।

७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष एवं निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिनुभयो ।

तीन दिने उक्त शिविर क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरेको हो।

 

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech