काठमाडौंसँग जोडिएका मुख्य चार नाकामा एक महिनासम्म कोरोनाविरुद्धको खोप

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७८, मंगलवार

काठमाडौं: काठमाडौंको कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ ।

काठमाण्डौ महानगरपालिकाका अनुसार जारी खोप अभियान पुस ५ गतेसम्म चल्नेछ । खोप अभियान अस्तिदेखि सुरु भएको हो । काठमाण्डौसँग जोडिएका मुख्य चार नाकामा रहेका खोप केन्द्रमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले खोप लगाउन पाउने छन् ।

खोप लगाउन जाँदा उमेर खुलेको प्रमाण पत्र भने लैजानु पर्नेछ । यसैबिच महानगरका ३२ वटै वडामा तोकिएको खोप केन्द्रबाट आज र भोलि कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गरिँदैछ ।

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech