बाँकेमा आज एक हजार बालबालिकालाई फाइजर खोप लगाइँदै, पहिले आउनेलाई पहिलो प्राथमिकता

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७८, मंगलवार

नेपालगन्ज: बाँकेमा आज एक हजार बालबालिकालाई फाइजर खोप लगाइँदैछ । १२ बर्षदेखि १७ बर्ष उमेरका बालबालिकाहरुलाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउन लागिएको जिल्लाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।

भ्याक्सिन सीमित भएकाले पहिले आउने बालबालिकाहरुलाई पहिलो प्राथमिकता दिने गरी जन्ममिति खुलेको वा उमेर खुल्ने प्रमाणपत्रका आधारमा खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खोप दिइनेछ । आजसम्म दीर्घरोगी तथा १२ देखि १७ बर्ष उमेरका बालबालिकाहरु गरेर ६५० जनालाई खोप लगाईएको श्रेष्ठले जानकारी दिनुभयो ।

फाईजर खोप यसअघि कार्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाउने कार्यक्रम तय गरिएको भएपनि खोप बाँकी भएपछि मंसिर ७ गते अर्थात आजसम्म लगाईने भएको हो ।

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech