नेपाल मेडिकल काउन्सिलको निर्वाचन: उपत्यका बाहिरका मतदान केन्द्रमा ५ हजार मत

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७८, आईतवार

काठमाडौं: नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत उपत्यकाबाहिरको मतदान सकिएको छ ।

उपत्यका बाहिरका १८ मतदान केन्द्रमा शुक्रबार र शनिबार मतदान भएको हो। त्यी केन्द्रमा पाँच हजार मत खसेको प्रमुख निर्वाचन अधिकृत डा गणेश राईले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका र धुलिखेलमा भने आउँदो १० र ११ गते मतदान हुँदैछ। उपत्यकाबाहिर सबैभन्दा बढी चितवनमा ७४९ मत खसेको छ भने सबैभन्दा कम जुम्लामा ५८ मत खसेको छ ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी प्रतिस्पर्धामा छन्।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech