भेरी अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप दुईजना बिरामीको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका-५ बाँकेका ६८ वर्षीय पुरुष र गढवा गाउँपालिका-७ दाङका ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

बैजनाथका पुरुष कार्तिक ३० गते कोभिड पुष्टि भएपछि सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको गएराती ११ बजे मृत्यु भएको हो ।

त्यस्तै गढवा गाउँपालिका-७ दाङका महिलालाई कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उहाँ त्यसैदिन भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको आज बिहान ३ बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४३३ जनाको मृत्यु भएको छ ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech