प्रसूतिगृहमा ६ महिनामा ३ सय ६३ नवजात शिशुको मृत्यु

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७८, बिहीबार

नेपालगन्जः पछिल्लो ६ महिनामा देशभरकै सबैभन्दा बढी प्रसूति गराउने थापाथलीस्थित प्रसूति गृह अस्पतालमा वैशाखदेखि असोजसम्ममा आमाको पेटभित्रै नजन्मदै २३७ नवजात शिशुको मृत्यु भएको छ । १२५ बालक र ११२ जना नवजात बालिकाको मृत्यु भएको हो ।

अस्पतालमा आमाले बच्चालाई जन्म दिए पनि शिशुको मृत्यु हुने क्रम रोकिएको छैन । स्वस्थ आमाबाट जन्मेका केही समयमा शिशुहरूको मृत्यु हुने गरेको अस्पतालले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । ६ महिनामा १ सय २६ नवजात शिशुको मृत्यु भएको छ । ६९ शिशु बालक र ५७ नवजात बालिका शिशुको मृत्यु भएको हो ।

धेरै आमाहरूको गर्भमा रहँदा बच्चाको मृत्यु हुनुलाई अज्ञात रोग तथा आमाको स्वास्थ्यलाई जिम्मेवारी मानिने गरिएको अस्पतालकी नर्सिङ प्रमुख आशालक्ष्मी प्रजापतिले बताउँनुभयो ।

समय नपुगी बच्चाको जन्मनु र मृत्यु हुनुमा आमाको स्वास्थ्यमा समस्या हुन सक्ने उहाँले जानकारी दिनुभयो । आमाको स्वास्थ्य अवस्था राम्रो भएमा स्वस्थ्य बच्चा जन्मन सक्‍ने उहाँले जानकारी दिनुभयो । आमाको उच्च रक्तचाप वृद्धि हुँदा बच्चाको मृत्यु हुने गरेको छ ।

१७ वर्षभन्दा तलका र ३५ वर्ष माथिका आमाहरूबाट जन्मेका बच्चाको मृत्यु बढी हुने समस्या रहेको प्रजापतिले बताउनुभयो । गर्भावस्थामा आमाले औषधि सेवन गर्दा पनि बच्चा रोगी जन्मने र चाँडै मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो । गर्भमा बच्चा रहेको समयमा उहाँले आमाले खानपिनमा बढी ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

दीर्घरोगी भएका आमाहरूबाट जन्मेका बच्चाहरू स्वस्थ्य नहुने उहाँले बताउनुभयो । ‘समयावधिभित्र बच्चाहरू परिपक्‍व नभइ जन्मेका शिशुहरू जिवित हुँदैनन्, उहाँले भन्नुभयो–‘मुटु रोगी, मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घ रोगी आमाबाट जन्मेका बच्चाहरूको पेटबाट तथा जन्मनसाथ मृत्यु हुने गरेको छ ।’

उहाँका अनुसार ४० हप्ताभन्दा बढी बच्चा पेटमा रहनु हुदैन । डेलिभरी हुनुपर्ने समय नाघेपछि बच्चाले पेटभित्र दिशा खान थाल्‍छन् । पानीको फोका पनि फुटन थाल्छ । यस्तो अवस्थामा पेटभित्र बच्चाको मृत्यु हुन्छ ।

बच्चालाई स्वस्थ जन्म दिनका लागि दिउँसो ८ देखि १० पटका सम्म चलेको नचलेको आमाले विचार गर्नुपर्ने प्रजापतिले बताउनुभयो। गर्भवती महिलाले पानीको फोका फुटेपछि अस्पतालमा परीक्षणका लागि तुरुन्त जानलाई सुझाव दिनुभयो । पेटमा बच्चा भएका बेला आमालाई रिंगटा लागेमा टाउको दुखेमा परीक्षण गरिहाल्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा मात्र सबैभन्दा बढी प्रसूति गृहमा बच्चा जन्माइने गरेको छ । अन्य अस्पतालको ४८ प्रतिशत बढी आमाले प्रसूति गृहमा बच्‍चा जन्माउने गरेका प्रजापतिले बताउनुभयो । अस्पतालमा २४ घण्टामा ६२ जना आमाले बच्चा पाउने गरेको उहाँले सुनाउनुभयो ।

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech