बाँकेमा आज कोरोना संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका

    • स्वास्थ्य पेज

  • २ मंसिर २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज कोरोना भाइरसका ३ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ६२ वटा नमुना जाँच्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा २४ नमुना जाँच्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै मेडिकल कलेज कोहलपुरमा ३१ नमुना जाँच्दा १ जनामा भाइरस संक्रमण पुष्टि भयो । बागेश्वरी प्रयोगशालामा ७ नमुना जाँच्दा भने सबै रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएका तीनै जना जिल्ला बाहिरका हुन् । यस्तै २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७८ पुगेको छ ।

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech