बाँकेमा कोरोना भाइरसका २ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ६० वटा नमुना जाँच्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा २९ नमुना जाँच्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १८ र बागेश्वरी प्रयोगशालामा १३ नमुना जाँच्दा सबै रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएका दुवैजना बाँकेका हुन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ४३ पुगेको छ । यस्तै ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७६ पुगेको छ ।

  • १ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech