बाँकेमा आज थप तीन जनामा भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ५५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरीमा १७ नमुना जाँच्दा २, कोहलपुर मेडिकल कलेजमा २१ नमुना जाँच्दा १ जनामा भाइरस संक्रमण पुष्टियो । बागेश्वरी ल्यावमा १७ नमुनाह जाँच्दा भने सबै नेगेटिभ आयो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ४१ पुगेको छ । यस्तै आज ४ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७३ पुगेको छ ।

 

  • ३० कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech