नेपालगन्जमा रगतको अभाव चर्कियो, आपतकालिन रक्तदान

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७८, मंगलवार

नेपालगन्जः नेपालगन्जमा आज आपत्तकालिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रगत चरम अभाव भएपछि रक्तसंचार केन्द्रको आव्हानमा लाइन्स क्लव अफ नेपालगन्ज बजार र डोनर ग्रुप नेपालगन्जले आपत्तकालिन रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ५५ जनाले गरेको रक्तदानमा पहिलो पटक रगत दान गर्नेदेखि ८८ पटक रक्तदान गर्नेसमेत सहभागी थिए ।

रक्तदानको सहकार्य भने बाँकेका क्षेत्रका समस्त लियो क्लव, रक्तसंचार केन्द,र कशौधन बैश्य समाज नेपालगन्ज र नेपालगन्ज ग्यालरीले गरेका थिए भने सहयोग न्यू नेपाल अटो पार्टस्ले गरेको बताइएको छ ।

दसैं तिहारपछि बाँकेमा नियमित रक्तदान गर्नेको संख्या घटेको र बिरामीको संख्या बढेका कारण अहिले केन्द्रमा रगतको चरम अभाव भएको प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

केन्द्रबाट सोमवारमात्रै ५८ पिन्ट रगत पूर्ति भएको थियो । रक्तदान गर्ने भन्दा रगत दिनु पर्नेको संख्या धेरै भएपछि केन्द्रमा रगत अभाव चर्किएको छ ।

 

  • ३० कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech