स्वास्थ्यमा १२औं तह बढुवाका लागि भेरी अस्पतालका यादवसहित ५ जनाको नाम सिफारिस

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७८, सोमबार

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका पाँच जना कर्मचारीलाई १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो । समितिले कार्य सम्पादन र दुर्गम बसेको आधारमा मूल्यांकन गरेको हो ।

समितीले सिफारिस गरेकाे पहिलो नम्बरमा भेरी अस्पताल नेपालगन्जका पूर्व निर्देशक डा. श्यामसुन्दर यादव रहनु भएको छ । दोस्रो नम्बरमा बालराेग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, तेस्रो नम्बरमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी रहनु भएको छ ।

चौथो नम्बरमा थापाथली प्रसूति गृहका निर्देशक डा. संगीता मिश्रा पर्नु भएको छ । त्यसैगरी पाँचौं नम्बरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति याेजना महाशाखाका प्रमुख डा. गुणराज लोहनी पर्नु भएको छ ।

  • २९ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech