बाँकेमा ८४ नमुना जाँच्दा १२ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरीमा ४३ नमुना जाँच्दा ८, कोहलपुर मेडिकल कलेजमा २९ नमुना जाँच्दा ३ र बागेश्वरी ल्यावमा १२ नमुनाह जाँच्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३९ पुगेको छ । यस्तै आज ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ६९ पुगेको छ ।

  • २९ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech