दाङको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७८, आईतवार

दाङः लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ ।

राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले पहल थालेको हो ।

यसका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएर काम अगाडि बढाएको हो । प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले लालमटिया स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दै प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य रहेको बताउनुभयो।

अस्पताल नहुँदासम्म सामान्य चोटपटक लागेका बिरामी या शल्यक्रिया गरेर प्रस्तुति गराउनुपर्ने सबैलाई बुटवल अथवा नेपालगञ्ज लैजानुपर्ने बाध्यता रहेको थियो।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech