आजदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई भेरी अस्पतालमा फाइजर खोप दिन सुरु

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७८, आईतवार

नेपालगन्जः अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत बाँकेमा आएको फाइजर खोप आजदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाउन लागिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पताल नेपालगन्जबाट खोप लगाउन लागिएको जानकारी दिनुभयो । मंसिर ४ गतेसम्म लगाइने यो खोप यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि लगाइने उहाँले जानकारी दिनुभयो ।

विशेषज्ञ चिकित्सकहरुले गर्ने सिफारिसका आधारमा खोप लगाइने छ । यसक्षेत्रमा सिकलसेलका बिरामीलाई पनि खोप लगाइने छ । बाँकेमा १ हजार ८ सय डोज खोप आएको छ ।

चिकित्सकहरुले सिफारिस गरेको आधारमा खोप लगाइने भएकाले जुनसुकै ठाउँका लक्षित समूहले खोप लगाउन पाउने श्रेष्ठले बताउनुभयो ।

खोप कसले पाउने ?

– १२ वर्षमाथिका निम्न दीर्घरोग भएका बिरामी

– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति

– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी

– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी

– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी

– अङ्ग प्रत्यारोपण गरेका व्यक्ति

– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी

– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति

– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्ति

कसले लगाउन मिल्दैन ?

– कोभिड-१९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्तिले यो खोप लगाउनु हुँदैन ।

– १२ वर्षभन्दा कम उमेर भएका व्यक्तिले पनि याे  खोप लगाउनु हुँदैन ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech