भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७८, आईतवार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–४ बर्दियाका ४५ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती महिला तीन दिन अघि अस्पताल भर्ना भएकी थिइन् । उनलाई त्यसैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उपचारकाक्रममा स्वास्थ्यमा सुधार नआउँदा गएराती मृत्यु भएको हो ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय ३१ जनाको मृत्यु भएको छ ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech