भेरी अस्पतालमा कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०७८, शनिबार

नेपालगन्जः बाँकेमा कोरोना भाइरस संक्रमणबाट आज थप एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१० दाङका ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

ती महिलाको भेरी अस्पतालमा उपचारका क्रममा विहान १० बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

उनलाई कात्तिक १७ गते कोभिड पुष्टि भएको थियो । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४२९ जनाको मृत्यु भएको छ ।

  • २७ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech