आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २६ कार्तिक २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८० नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा ४ र मेडिकल कलेज कोहलपुरमा २१ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै बागेश्वरी ल्यावमा १३ नमुना परीक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३३ पुगेको छ ।

यस्तै आज थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६५ पुगेको छ ।

 

  • २६ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech