कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा डा निरेश थापालाई

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको रुपमा कामकाज गर्ने गरी डा निरेश थापालाई जिम्मेवारी दिएको छ। प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज प्रतिष्ठानका शिक्षाध्यक्ष डा थापालाई जिम्मेवारी दिनुभएको हो ।

मन्त्री खतिवडाले डा थापालाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी थापालाई जिम्मेवारी दिनुभएको हो ।

मन्त्री खतिवडाले मंगलबार प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गर्नुभएको थियो ।

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech