बाँकेमा कोरोना भाइरस संक्रमण दर तेब्बरले बढ्यो

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा विहीबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १४ नमुना परीक्षण गर्दा ४, मेडिकल कलेज कोहलपुरमा २१ नमुना परीक्षण गर्दा १० र बागेश्वरी ल्यावमा १८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको छ । यो संक्रमण दर २८ दशमलव ३० प्रतिशत हो । बुधवार संक्रमण दर ९ दशमलव ८६ प्रतिशत थियो । यो हिसावले संक्रमण दर तेब्बरले वृद्धि हो ।

विहीबार संक्रमण पुष्टि भएका मध्ये बाँकेका १० जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३१ पुगेको छ ।

यस्तै विहीबार थप १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६३ पुगेको छ ।

  • २५ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech