थप ३८७ मा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७८, बुधबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा ३८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४०७ पीसीआर परीक्षणमा बुधबार थप ३८७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १५ हजार ७५९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको १ हजार ४०७ परीक्षणबाट ५३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ६ हजार ८१४ परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९६ हजार ७८० रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।

हालसम्म देशभर ४४ लाख ७४ हजार ५४५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ९९ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ हजार ५१९ रहेको छ ।

  • २४ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech