बाँकेमा आज थप ७ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७१ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा २, मेडिकल कलेज कोहलपुरमा ३४ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी ल्यावमा ७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय २१ पुगेको छ ।

यस्तै आज थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६२ पुगेको छ ।

  • २४ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech