कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई कामकाजमा रोक

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७८, बुधबार

नेपालगन्जः सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाएको छ।

उपकुलपति डा रावल र रजिष्ट्रार महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गर्नुभएको हो ।

मन्त्री खतिवडाले कर्णालीको उपकुलपती नियुक्तिमा अदालतको अन्तरीम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाएका बताउनुभयो ।

डा रावल र महतको नियुक्तीका विषयमा नै प्रश्न उठेपछि कामकाज गर्न रोक लगाइएको हो। यस विषयमा छानबिन गर्न समिति गठन गर्ने तयारी समेत गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

आफूलाई काम गर्न रोक लगाएपछि उपकुलपति रावलले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नुभएको छ । ‘करिब एक दशक कर्णालीको स्वास्थ्य सेवामा मैले बगाएको पसिनाको पुरस्कार ! धन्य प्रेत आत्माहरु, मानवीय सम्वेदना मरेपनि न्याय मरेको छैन होला’? उहाँले फेसबुकमा लेख्नुभएको छ ।

डा रावल गत चैत २२ गते उपकुलपति नियुक्त हुनुभएको थियो यस्तै असार ११ गते महत रजिष्ट्रारमा नियुक्त हुनुभएको थियो ।

  • २४ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech