फाइजरको ६० लाख डोज खोप खरिदका लागि स्वीकृति दिने मन्त्रिपरिषदको निर्णय

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०७८, मंगलवार

काठमाडौंः सरकारले ६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख ९ सय डोज फाइजर खोप खरिदका लागि गरेको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको हो।

यो निर्णयसँगै बालबालिकाका लागि खोप खरिदको बाटो खुलेको छ। सरकारले १८ वर्षसम्मका बालबालिकाका लागि खोप लगाउन उक्त खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो।

खोप खरिदका लागि स्वास्थ्य सेवा विभागमा केही कानुनी अप्ठ्यारो देखिएपछि सरकारले खोप खरिदको अधिकार प्रत्यायोजनसहित बाधा अड्काउ फुकाउको निर्णय गर्दै खरिदको स्वीकृति दिएको हो ।

फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउन सकिने विभिन्न अध्ययनले देखाएको छ। केही हप्ताअघि सार्वजनिक एक अध्ययन अनुसार यो खोप ५ देखि ११ वर्षसम्मका बालबालिकामा ९१ प्रतिशत प्रभावकारी देखिएको थियो।

नेपालमा पनि गाभीको सहयोगमा १ लाख ६२० डोज फाइजरको खोप आइसकेको छ।

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech