एस्ट्राजेनिकाको दोस्रो डोज खोप लगाउन नेपालगन्जमा तोकिए खोप केन्द्र

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०७८, मंगलवार

नेपालगन्जः नेपालगन्जमा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिकाको दोस्रो डोजको खोप लगाइने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा यही कार्तिक २८ र २९ गते एस्ट्राजेनिकाको दोस्रो मात्रा खोप लगाउन लागिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

होप इन्टरनेशनल एकेडमी, मंगलप्रसाद उच्च मावि, जि.भि.एन उच्च मावि, आर्दश उच्च मावि र नेपालगन्ज उद्योग बाणिज्य संघलाई खोप केन्द्र तोकिएको छ ।

उनीहरुले भदौ ११ देखि १७ गतेसम्म पहिलो डोजको खोप लगाएका थिए ।

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech