कोभिडबाट नेपालगन्जकी महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट नेपालगन्जकी एक महिलाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका- १८ कारकाँदो निवासी ६९ वर्षकी महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो ।

ती महिलालाई कार्तिक ६ गते कोरोना पुष्टि भएको थियो। त्यसैदिन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नहुँदा उनको गएराती मृत्यु भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रले जनाएको छ ।

यो संगै बाँकेमा कोरोनाबाट मृत्युु हुनेको संख्या ३४० पुगेको छ।

  • २२ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech