न्युजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानुन लागु

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७८, आईतवार

Hands of the doctor and patient

एजेन्सीः न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागु भएको छ। स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५।१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास भएको थियो।

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आजदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो। इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्ने पहिलो सर्त छ। कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्। यो प्रक्रियाका लागि कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ।

इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

बिबिसी हिन्दीका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकहरूले इच्छा मृत्युका लागि फरक-फरक मापदण्ड बनाएका छन्।

  • २१ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech