ताप्लेजुङमा एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु, ६ घाइते

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७८, आईतवार

ताप्लेजुङः ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु छ जना घाइते छन्।

दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिवार राती मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो।

बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो।

एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।

  • २१ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech