अस्पतालको आइसियूमा आगलागी, कम्तीमा १० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७८, शनिबार

नेपालगन्जः भारत महाराष्ट्रको अहमदनगर जिल्ला स्थित सिभिल अस्पतालको आइसियू कक्षमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।

समाचार संस्था एएनआईले स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोसलेलाई उद्धृत गर्दै खबर पुष्टि गरेको छ ।

तर अल इन्डिया रेडियोका अनुसार घटनामा ११ जनाको ज्यान गएको छ । आइसियूमा आगलागी हुनुको कारण भने खुलेको छैन ।

घटना हुँदा अस्पतालको आइसियू वार्डमा २५ जना बिरामी थिए ।

  • २० कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech