डब्लुएचओले भन्यो-‘कोभिड महामारीको केन्द्रविन्दु बन्दै छ युरोप’

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७८, शनिबार

नेपालगन्जः कोरोना महामारी सुरू भएयता स्पेनको म्याड्रिडमा मास्क प्रयोग बढ्दो छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्।

खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन्। ‘त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर खोपको खपत बराबर मात्रामा हुन सकेको छैन। यसले समस्या निम्त्याएको छ’  डब्लुएचओका आपतकालीन प्रमुख डा माइकल रायनले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभएको छ ।

उहाँले खोपहरूमा रहँदै आएको अन्तर बन्द गर्न युरोपेली अधिकारीहरूलाई आग्रह गर्नुभएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आफ्नो जनसंख्याको ४० प्रतिशतभन्दा बढी खोप लगाएका देशहरूले आफूसँग भएका खोप अन्य विकासोन्मुख देशलाई दिनुपर्ने बताउनुभयो ।

‘संवेदनशील समूहका मानिसलाई बाहेक अरूलाई बुस्टर डोज दिन हतार गर्नु पर्दैन ‘टेड्रोसले भन्नुभयो । उहाँले खोप निर्माताहरूसँग कोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन आह्वान गर्नुभयो ।गरिब देशले कोभिड–१९ खोपको १ प्रतिशतभन्दा कम प्राप्त गरे पनि अफ्रिका र दक्षिणपूर्वी एसियामा गत साता ९ प्रतिशत संक्रमण घटेको पाइएको छ।

६० भन्दा बढी देशले जाडो यामभन्दा पहिले नै कमजोर प्रतिरोधी क्षमताविरूद्ध लड्न बुस्टर डोज दिन थालेका छन्। यद्यपि अर्को कोभिड लहर आउने सम्भावना अझै कायम छ। अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकाले यो साता कोभिडविरूद्ध खोप लिन थालेपछि अधिकारीहरूले जोखिमभन्दा लाभ बढी भएको टिप्पणी गरेका छन्।

  • २० कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech