तिहारमा खानपान: के कुरामा ध्यान दिने ?

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७८, शुक्रबार

तिहारमा बन्ने अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ। चिकित्सकहरुका अनुसार गुलियो र चिल्लो धेरै रोगीहरुको लागि हानिकारक हुन्छ। निरोगी मानिसलाई पनि गुलियो र चिल्लो पदार्थ भएका खानेकुराहरुले फाइदा गर्दैन। विशेषगरी भाई टिकाको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न थरीका परिकार बनाएर खुवाउने र खाने चलन पनि छ ।

यो समयमा त मिठाईको मेलानै लाग्ने गर्छ । चाडपर्वको अवसर पारेर त्यस्ता मीठो मसिनो खानु अनौठो होइन । तर त्यसरी खाँदा वा खुवाउँदा होस पुर्याइएन भने एकछिनको मिठासको असर जिन्दगीभरि नै शरीरलाई नोक्सानी पुर्याउने हदसम्म पुग्न सक्छ । त्यसैले  हामीले स्वास्थ्यको ख्याल गर्नु जरुरी छ । हामी जतिनै सचेत छौ भनेतापनि खानपानको सवालमा पारिवारीक जमघट र भेटघाटमा आफूलाई अनि शरीरलाई नियन्त्रणमा राख्न सक्दैनौँ ।

हामीले यो बुझ्नुपर्छ की मुटुसँग खानाको गहिरो सम्बन्ध छ। त्यसैले के खाने र के नखाने  एकदमै विचार गर्नुपर्छ । भोजनको मात्राको निक्र्यौल व्यक्तिको प्रकृति, रोग, बल, उमेर र मानसिकता आदिका आधारमा हुनुपर्छ । मिठाईको पर्व तिहारमा त अझ घरमा सेल, अनरसा, फिनी, मिठाई आदि बनाइन्छ जसमा चिल्लो तथा गुलियोको मात्रा प्रशस्त हुन्छ ।

चाड त हो नि भनेर स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खानेबानी धेरैको हुन्छ । यसरी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ  । भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा राजेश कुमार मण्डलका अनुसार कोलस्ट्रोल बढेका मानिसले  चिल्लो खानेकुरा खाँदा विचार पु¥याउनुपर्छ । सेलरोटीको पिठो घिउमा मुछेर घिउ वा तेलमा पकाइन्छ । यसरी बनाइएको सेल खाँदा कोलस्ट्रोल बढ्छ ।

कोलस्ट्रोलका बिरामीले घिउ, बोसो एवं बटरमा बनाइएका चिज खानु हुँदैन । यस्तै उच्च रक्तचाप भएकाहरूले चिल्लो, घिउ एवं बोसोजन्य कुराहरू खानु हुँदैन । यसले रक्तचापका साथै तौल पनि बढ्छ । मुटुरोगको प्रमुख कारण उच्च रक्तचाप भएकाले नुनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनुपर्छ ।

तिहारमा रोटीसँगसँगै मदिरा समेत सेवन गर्ने चलन छ। चिल्लो र मदिरा स्वास्थ्यको लागि हानिकारक हुन्। मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउने हुनाले धेरै मदिरा र चिल्लो पदार्थ सेवन गर्नु हुन्न।’

खानपानमा ध्यान दिईएन भने के हुन्छ त ? एकैछिन भेरी अस्पतालका फिजिसियन डा.राजेश कुमार मण्डललाई सुनौं

 

 

  • १९ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech