मुटुका बिरामीको उपचार सहयोगका लागि डाक्टर दम्पतिद्धारा ५० लाखको कोष स्थापना

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः डाक्टर गौरी श्रेष्ठ र डाक्टर सुवर्णमान श्रेष्ठले ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मुटुरोगीको उपचारमा सहयोग गर्ने उद्देश्यले उहाँहरुले सो रकम सहयोग गर्नुभएको हो ।

उहाँहरुले आफ्नो संयुक्त नामबाट कोष स्थापना गर्दै मुटुरोगीहरुको उपचारमा सहयोग गर्न ५० लाख रुपैयाँको सहयोग गरेको बताउनुभयो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा डा गौरी सुवर्ण मुटुरोगी उपचार सहयोग कोष स्थापना गरिएको हो। सहयोग रकम र कोषका विषयमा बुधबार प्रतिष्ठान र डाक्टर दम्पतिबीच सम्झौता भएको छ।

कोषका तर्फबाट डा गौरी र प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका पूर्व अध्यक्ष तथा राष्ट्रिय कार्यक्रम निर्देशक डा प्रकाशराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ ।

डा रेग्मीका अनुसार कोषको उक्त रकममध्ये ४० लाख रुपैयाँको ब्याज रकमबाट मुटुमा पेशमेकर राखी उपचार गर्नुपर्ने गरिब बिरामीलाई सहयोग गर्ने र बाँकी १० लाखको ब्याजबाट बालबालिकाको बाथमुटुरोग र जन्मजात मुटुरोगको निदान र उपचारमा सहयोग गरिने छ।

उहाँले कोषमा जम्मा गरिएको रकमबाट प्राप्त हुने ब्याजको १५ प्रतिशत रकम प्रतिष्ठानको सञ्चालन खर्चमा र १० प्रतिशत रकम कोष बृद्धिका लागि यसै कोषमा जम्मा गरिने जानकारी पनि दिनुभयो ।

  • १८ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech