बाँकेमा कोरोना अपडेटः जिल्लामा शुन्य, बाहिरका तीन जना थपिए

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

जिल्लाका दुईवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बागेश्वरी ल्यावमा १५ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आयो ।

आज संक्रमण पुष्टि भएका सबै बाँके बाहिरका हुन् ।

यस्तै आज थप १२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ४४ पुगेको छ ।

  • १८ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech