बाँकेमा आज थप ७ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका दुईवटा प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज भेरी अस्पतालमा २३ नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा ११नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएका मध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय ६ पुगेको छ ।

यस्तै आज थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ३१ पुगेको छ ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech