भेरी अस्पतालमा कोरोना संक्रमित कैलालीका ३३ वर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा भजनी नगरपालिका ५ कैलालीका ३३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कात्तिक ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यसैदिन उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ५:४५ बजे मृत्यु भएको हो ।

योसँगै कोभिड संक्रमणका कारण बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४२८ जनाको मृत्यु भएको छ ।

  • १७ कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech