बाँकेमा आज थपिए ७ कोराना संक्रमित

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा ४ र मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बागेश्वरी ल्यावमा ५ नमुना परीक्षण गर्दा सबै नेगेटिभ आएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये बाँकेका १ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय ३ पुगेको छ । यस्तै आज थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २९ पुगेको छ ।

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech