अबदेखि विमानस्थलमा कोभिड परीक्षण गरेको १ हजार २ सय शुल्क तिर्नुपर्ने

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः सरकारले त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल परिसरमा कोभिड–१९ परीक्षण गरिदै आएको शुल्क घटाउन निर्देशन दिएको छ । कोभिड परीक्षण शुल्क १ हजार २ सय रुपैयाँ लिन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

यसअघि वैदेशिक रोजगारमा जानेहरूले परीक्षण कोभिड परीक्षण गरेबापत २ हजार रुपैयाँ तिर्दै आएका थिए । विमानस्थलबाट प्रस्थान गर्ने यात्रुहरूका लागि पिसिआर परीक्षण शुल्क जथाभावी लिएको पाइएमा प्रयोगशालाहरूलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरर्राष्‍ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल परिसरमा रहेका पिसिआर परीक्षणका स्थापित प्रयोगशालाहरूले जथाभावी शुल्क लिएको गुनासो आएपछि विमानस्थल संचालक विभागले आठ वटा प्रयोगशालाहरूलाई पत्राचार गरेको छ ।

स्टार हस्पिटल, टिजी मेडिसिन डिप्टिवुटरस प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई पत्राचार गर्दै पिसिआरको १२ सय भन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।

केही दिनअघि विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकले निरीक्षण गरेको थिएन ।

सोही क्रममा बढी शुल्क लिएको भन्दै उक्त गुनासो आएको भन्दै विमास्थल संचालक विभागले वीर अस्पतालले एक हजार लिइरहेको भन्दै विमानस्थल परिसरमा भएका प्रयोगशालाहरूले १२ रुपैयाँ सयभन्दा बढी नलिन सचेत गराएको छ ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech