नेपालगन्जमा कति छन् कुपोषित बालबालिका ?

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०७८, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले दुई दिन लगाएर बालबालिकामा कुपोषणको पहिचान गरेको छ । यद्यपी त्यसको रिपोर्ट भने आउन केही समय लाग्ने भएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको स्वास्थ्य टोलीले ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्थाका बारेमा लेखाजोखा राख्न पाखुराको नाप लिएको छ ।

कुपोषण जाँचमा पाखुराको मध्यबिन्दुको परिधि नापेर टेपको सहायताले बालबालिकाको पाखुराको नाप लिइएको हो ।

टेपमा हुने ३ वटा रंगको सहायताबाट कुपोषण भए नभएको भन्ने पत्ता लाग्ने जनस्वास्थ्य निरीक्षक बस्नेतले बताउनुभयो ।

स्वयंसेविका परिचालन गरेर उपमहानगरका सबै वडाहरुको घर–घरमा गएर सुरु भएको जाँचबाट उपमहानगरको कुपोषणको अपस्था पत्ता लगाइनेछ ।

बालबालिकालाई कुपोषण देखिएमा नेपालगन्जको कारकाँदो स्वास्थ्य चौकी र जयसपुर स्वास्थ्य चौकीमा उपचार हुने जनस्वास्थ्य निरीक्षक बस्नेतले बताउनुभयो ।

स्वयंसेविकाहरुले रिपोर्ट पठाउन बाँकी रहेकाले कति बालबालिकामा कुपोषण छ त्यसको रिपोर्ट केही दिनपछि मात्रै थाहा हुने उहाँको भनाइ छ ।

 

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech