बाँकेमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज भेरी अस्पतालमा ४७ नमुना परीक्षण गर्दा ६, मेडिकल कलेज कोहलपुरमा १५ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये बाँकेका ५ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ४ सय २ पुगेको छ । यस्तै आज थप ७ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २६ पुगेको छ ।

अस्पतालमा ४ जना भेन्टिलेटरमा छन् भने ५ जना सिकिस्त र १० जना मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech