वरिष्ठ मुटुरोग विशेषज्ञ डा उदय कुमार श्रेष्ठको निधन

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७८, आईतवार

नेपालगन्जः वरिष्ठ मुटुरोग विशेषज्ञ डा उदय कुमार श्रेष्ठको निधन भएको छ। डा श्रेष्ठ लामो समयदेखि क्यान्सरसँग जुधिरहनुभएको छ । उहाँ अल्का अस्पतालमा कार्यरत रहनुभएको छ ।

उपचारमा क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ।

संघका महासचिव डा वद्री रिजालले विज्ञप्ति निकाल्दै डा।श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सधै स्मरणयोग्य हुने बताउनुभएको छ ।

‘इमान्दार, लगनशील र प्रतिष्ठित मुटुरोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघको विज्ञप्तिमा भनिएको छ ‘दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संघ हार्दिक समवेदना प्रकट गर्दछ।’

 

  • १४ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech