बाँकेमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्लाका दुईवटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये बाँकेका १ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ३ सय ९५ पुगेको छ । यस्तै आज थप ५ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१ पुगेको छ ।

अस्पतालमा ३ जना भेन्टिलेटरमा छन् भने ६ जना सिकिस्त र ६ जना मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।

  • १४ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech