कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–५ बाँकेकी ६३ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

असोज १० गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला त्यसको अघिल्लो दिननै अस्पताल भर्ना भएकी थिइन् । स्वास्थ्यमा सुधार नआउँदा उनको गएराती साढे १० बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

  • १४ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech